नेपाल राष्ट्र बैंकका उद्देश्हरू के के हुन् ? केन्द्रीय बैंकको रूपमा नेपाल राष्ट्र बैंकले गर्ने मुख्य कार्यहरूको वर्णन गर्नुहोस्

 १. नेपाल राष्ट्र बैंकका उद्देश्हरू के के हुन् ? केन्द्रीय बैंकको रूपमा नेपाल राष्ट्र बैंकले गर्ने मुख्य कार्यहरूको वर्णन गर्नुहोस् १० (राष्ट्रिय बाणीज्य बैंक, काठमांडौ परिक्षा केन्द्र, तह ३, सहायक तृतीय २०६९)



नेपाल राष्ट्र बैंकको स्थापना, राष्ट्र बैंक ऐन २०१२ अर्न्तगत २०१३ साल बैशाख १४ गते भएको थियो तत्कालिन समयमा राष्ट्र बैंकको उद्देश्य नेपाल अधिराज्य भरी नेपाली मुद्राको प्रचलनमा ल्याउनु रहेको थियो । समय क्रम संगै राष्ट्र बैंकको उद्देश्य भूमिका तथा कार्य समेत बिस्तार भएकोले उक्त ऐन खारेज भईनेपाल राष्ट्र बैंक ऐन २०५८ पहिलो संशोधन २०६३ र दोस्रो संशोधन २०७३ तजुमा भई कार्यान्वयनमा आएको छ । जसअनुसार नेपाल राष्ट्र बैंकका उद्देश्यहरू यसप्रकार रहेका छन्:


1.आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य र सोधानान्तर स्थिरता कार्य गर्नको लागि आवश्यक मौद्रिक तथा विदेशि विनिमय नीति निर्माण गरि सो को व्यवस्थापन गर्ने,


2.वित्तीय सेवाको पहुँच अभिवृद्धि गरि बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरि बैंक तथा वित्तीय प्रणाली प्रति सबै सर्वसाधारणको विश्वसनियता अभिवृद्धि गर्नु,


3.सुरक्षित स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने ।


केन्द्रीय बैंकको रूपमा नेपाल राष्ट्र बैंकले गर्ने मुख्य कार्यहरू केन्द्रीय बैंकको रूपमा नेपाल राष्ट्र बैंकले गर्ने


कार्यहरूलाई कार्यहरू र बिकाशात्मक कार्यहरू गरि दुई भागमा विभाजन पाइन्छ । जसमा परम्परागत कार्य अन्तर्गत नोट निष्कासन गर्ने, सरकारको बैंक एवम सल्लाहाकारको रूपमा काम गर्न बैंक तथा वित्तीय संस्थाहरूको नियम निरिक्षण तथा सुपरिक्षण गर्नु, विदेशि मुद्रा तथा बहुमूल्य सुन, धातुको संचय गर्नु, समासोधन कार्य गर्ने जस्ता कार्यहरू पर्दछन् भने विकाशात्मक कार्यहरू अर्न्तगत बैंक तथा वित्तीय संस्थाहरूको संस्थापना गराउनु बैंक तथा वित्तीय संस्थाको विकास विस्तार गर्नु, देशको बैकिङ कर्जा निक्षेप आदि विषयमा अध्ययन सर्वेक्षण गर्नु, लघुवित्त, ग्रामीण वित्त जस्ता कर्जा कार्यक्रमहरूलाई विभिन्न कोषको  माध्यामबाट प्रर्वद्धन गर्नु गरिबी निवारणका लागि विभिन्नकार्यक्रम सञ्चालन गर्नु अर्थतन्त्रको आवश्यकता अनुसार मौद्रिक नीतिको निर्माण र कार्यान्वयन गर्नु पर्दछन् ।


नीतिगत व्यवस्था अनुसार नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ४ परिक्षेद २ बमोजिमका उद्देश्यहरू हासिल गर्नको निमित उक्त ऐनको दफा ५ बमोजिम नेपाल राष्ट्र बैंकका प्रमुख कार्यहरू निम्नानुसार छन्


- बैंक नोट तथा सिक्का निश्काशन गर्न,


-मूल्य स्थिरता कायम गर्न आवश्यक मौद्रिक नीतित जुमा गर्न र सो नीति कार्यान्यन गराउने,

 

-विदेशि विनिमय नीति निर्माण गर्न तथा सो नीति कार्यान्वयन गर्न गराउने,


-विनिमय दर पद्धति निर्धारण गर्ने, 


-विनिमय सञ्चितिको व्यवस्थापन र सञ्चालन गर्न,


-वाणिज्य बैंक तथा वित्तीय संस्थालाई बैंकिङ तथा वित्तीय कारोबार गर्न इजाजत पत्र जारि गर्ने, सस्तो कारोबारको सम्बन्धमा आवश्यक नियमन, निरीक्षण सुपरिवेक्षण तथा अनुगमन गर्ने,


-नेपाल सरकाको बैठ्क सल्लाहाकार तथा वित्तीय ऐजेन्टको रूपमा कार्य गर्ने,


-बाणिज्य बैंक तथा वित्तीय संस्थाको बैंक तथा अन्तिम ऋणदाताको रूपमा कार्य गर्ने,


-भुक्तानी फछौट तथा हिसाब मिलान पद्धतिको स्थापना तथा प्रवद्धन गरि सो कार्यलाई नियमित गर्ने, राष्ट्र बैंक ऐन बमोजिम बैद्कको उद्देश्य हासिल गर्नको निमित्त बैंडकले गर्नुपर्ने अन्य कार्यहरू कार्यान्वयन गर्ने गराउने आदि/



Finnaly,

नेपाल राष्ट्र बैंक ऐन २०५८ का मूल उद्देश्यहरू राष्ट्र बैंकको स्थापना प्रक्रिया, सञ्चालन प्रक्रिया, बैंक तथा वित्तीय प्रणालीको नियमन, निरिक्षण तथा सुपरिवेक्षणको लागि परम्परागत कार्य र विकाशात्मक कार्यको माध्यामबाट नेपाल राष्ट्र बैंकले कार्य प्रवाह गरि आइरहेको छ।

Loksewa sarathi4u

This Blog about public service commission various competitive exam . We are collecting various related subject and topics. This blog is specially helps to student & ; who prepare the government job in various sector. Finally this blog was informed the job vacancy and model question of psc. Visit us thankyou

Post a Comment

Previous Post Next Post